काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार ४.१२ अंकले बढेर २५९९.९३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०४ कम्पनिको सेयर मुल्य बढेको छ भने १६७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


