काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ ।
आज बजार ४.३४ अंकले घटेर २६२९.८२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । दशैंपछिको पहिलो कारोबार दिन आज ४ अर्बको कारोबार भएको छ ।
त्यसैगरी आज ९९ कम्पनिको सेयर मुल्य बढेको छ भने १७१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


