आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेरो नाम जोडेर प्रकाशित समाचार आधारहीन कपोलकल्पित छ:प्रधानन्यायाधीश शर्मा

एक्सप्रेस पाना
कार्तिक १३, २०८३ बिहीबार
  • 34
    SHARES
  • मेरो नाम जोडेर प्रकाशित समाचार आधारहीन कपोलकल्पित छ:प्रधानन्यायाधीश शर्मा

    काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुससम्बन्धी विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्।

    images

    बिहीबार विज्ञप्ति जारी गर्दै उनले ‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर प्रकाशित समाचारप्रति आश्चर्यचकित र स्तब्ध भएको बताएका हुन्।

    प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण लगायतका शीर्षकमा प्रकाशित समाचारमा उल्लेखित व्यक्ति र प्रसङ्गमा आफ्नो कुनै संलग्नता नरहेको उनले स्पष्ट पारेका छन्।

    images

    उनले सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष रूपमा चिनजान तथा सम्पर्क नरहेको र आफूले कहिल्यै नभेटेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘यसरी आधारहीन, झुठ्ठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्देश्यबाट प्रसारित समाचारको म भत्र्सना गर्दछु।’

    प्रधानन्यायाधीश शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाक्रममा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्था रहेको बताएका छन्।

    उनले आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसलाई अनुरोधसमेत गरेका छन्।

  • सम्बन्धित विषय:

  • # डा. मनोजकुमार शर्मा