आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ५ सयले घट्यो

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 252
    SHARES
  • सुनको मूल्य तोलामा ५ सयले घट्यो

    कात्तिक १७ काठमाडौं । साताको चौथो दिन (आज) बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार एक हजार २५० रुपैयाँ कायम भएको थियो ।