आइतबार, कार्तिक १६ गते २०८३
images
images

तिहार साकिएलगत्तै सुनको मूल्य तोलामा १५ सयले बढ्यो

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 247
    SHARES
  • तिहार साकिएलगत्तै सुनको मूल्य तोलामा १५ सयले बढ्यो

    कात्तिक २२ काठमाडौं । तिहार सकिएलगत्तै बजारमा सुनचाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा सोमबार एकै पटक एक हजार ५०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको हो । बिहीबारयता तिहारको सार्वजनिक बिदापछि सोमबार पहिलो पटक सुनचाँदीको मूल्य तोकिएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । 

    सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । गत बिहीबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । 

    images