आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेनाले राष्ट्रिय वाणिज्य बैंकबाट २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 311
    SHARES
  • सेनाले राष्ट्रिय वाणिज्य बैंकबाट २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने

    कात्तिक २३ काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरतलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका छन् ।  

    images

    उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेकाहरूलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्नेछ । 

    प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी  वार्षिक तीन दशमलव ३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरूलाई कर्जा प्रवाह गरिनेछ । सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउनेछ । 

    images

    उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कोषका निर्देशक सहायक रथि सागर केसी, वरिष्ठ चार्टड एकाउन्टेण्ट जीवनप्रसाद पौडेल, राष्ट्रिय बिमा संस्थानका कोष प्रशासक कविप्रसाद पाठकलगायत नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।