आइतबार, कार्तिक १६ गते २०८३
images
images

लमजुङ ट्राफिक प्रहरीमा प्रविधिको विकास    

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 385
    SHARES
  • लमजुङ ट्राफिक प्रहरीमा प्रविधिको विकास    

    पहाडी जिल्ला लमजुङका ट्राफिक प्रहरीमा प्रविधिको विकास भएको छ । बेँसीशहर नगरपालिका–३ मा रहेको लमजुङ ट्राफिक प्रहरीले अबदेखि आधुनिक प्रविधिको बोडी क्यामरा (गोब्रो क्यामरा)बाट सवारी जाँच गर्न थालेसँगै प्रविधिको विकास हुन थालेको हो ।     
         
    गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगुडाँको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङलाई एउटा बोडी क्यामरा उपलब्ध भएसँगै सो क्यामराबाट सवारी साधन जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले बताउनुभयो ।     
         
     उहाँले भन्नुभयो, “बोडी क्यामरा नहुँदा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग चालकहरुले अनाआवश्यक वादविवाद गर्ने, चालकको गल्ती हुँदा पनि ट्राफिकलाई अटेर गर्ने, ट्राफिक नियम उल्लङ्घन  गर्ने गरेको भए पनि यस क्यामराले यथार्थ रेकर्ड गर्ने भएकाले सो घटनाहरु हुनलाई कम गराउनेछ ।     
         
    विगतमा ट्राफिक नियम उल्लङ्घन गरेर चलाउँदा दुर्घटनाहरुसमेत हुने गरेकामा उक्त नयाँ प्रविधि आएसँगै ट्राफिक नियम पालना गर्ने, दुर्घटना कम हुने गरेको ट्राफिक प्रहरी जवान सन्तोष शाही ठकुरीले बताउनुभयो । भ्वाइस रेकर्ड गर्न, फोटो खिच्न, भिडियो रेकर्ड गर्न, आफ्नो सुरक्षा गर्नका लागि सबुत प्रमाणहरु पत्ता लगाउनका लागि उक्त क्यामराले ठूलो भूमिका खेल्ने उहाँको भनाइ छ ।     
         
    यस प्रविधि जिल्लामा आएसँगै कुनै पनि सवारी साधनका चालकहरुले दुर्घटना गराएर भाग्न वा ट्राफिक नियम उल्लङ्घन गरेर भाग्न नसक्ने भएकाले ट्राफिक प्रहरीलाई काम गर्न धेरै सहज भएको ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार उक्त क्यामराले ५०र६० मिटर टाढासम्मको समेत रेकर्ड गर्न मिल्नेछ । रासस     
     

    images