आइतबार, कार्तिक १६ गते २०८३
images
images

जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 357
    SHARES
  • जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

    इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।     
         
    मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
         
    प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।     
         
    खम्बाले किचेर बालकको मृत्यु     
         
    खेल्ने क्रममा सिमेन्टको खम्बा लडेर किच्दा इलाम नगरपालिका–१ नेपालटारमा आठ वर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक ग्रेसदीप रिजाल रहेको प्रहरीले जनाएको छ ।     
         
    हर्कबहादुर गुरुङको घरको भित्तामा ठड्याएर राखेको खम्बा लडेर किच्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा इलाम अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   रासस       
     

    images