आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोरियामा कोभिडको चौथो लहर, दिनदिनै बढ्दै

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 448
    SHARES
  • कोरियामा कोभिडको चौथो लहर, दिनदिनै बढ्दै

    दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ ।     
         
    कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् ।     
         
    स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका सङ्क्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन् । यो भाइरस उच्च गतिमा सङ्क्रमण हुने गर्दछ ।     
         
    पछिल्लो समय थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुई जना बढी भेला हुनसमेत बन्देज गरेको छ । सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिन यता नयाँ सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ । कोरियामा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या दुई हजार ६३ छ ।  रासस     
     

    images