आइतबार, कार्तिक १६ गते २०८३
images
images

अबदेखि आईपीओको नजिता आधा घण्टामै हेर्न सकिने

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 271
    SHARES
  • अबदेखि आईपीओको नजिता आधा घण्टामै हेर्न सकिने

    कात्तिक २६ काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली ‘सीडीएससी’ले आफ्नो सिस्टम अपग्रेड गरेको छ । प्रणालीमा गरिएको सुधारसँगै आईपीओको नतिजा हेर्न घण्टौं कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

    images

    अब घोषणा भएको ३० मिनेटभित्रै आइपिओको नतिजा हेर्ने सकिने सीडीएससीले जनाएको छ । मध्यभोटेकोशीको सेयर बाँडफाँटबाटै अपग्रेडेड भर्जनको परीक्षण गरिएको सीडीएससीले बताएको छ । मध्यभोटेकोशीको सेयर बाँडाफाँटमा यस प्रणालीको परीक्षण सफल भएकाले आईपिओ निष्कासनमा निरन्तरता दिइने बताइएको छ ।