आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्से सामान्य अंकले घट्यो

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 230
    SHARES
  • नेप्से सामान्य अंकले घट्यो

    कात्तिक २८ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार एक दशमलव ३८ अंकले घटेर दुई हजार छ सय ८८ दशमलब ९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

    images

    चार अर्ब नौ करोड ६२ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । यस बैंकले २७ करोडभन्दा बढीको कारोबार गरेको छ ।

    नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११८२५ रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३९ दशमलव ४० रुपैयाँ र मनुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।

    images

    त्यस्तै, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नोक्सान व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।