आइतबार, कार्तिक १६ गते २०८३
images
images

आयल निगमका कर्मचारीले अब बाणिज्य बैंकबाट विनाधितो कर्जा पाउने

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 646
    SHARES
  • आयल निगमका कर्मचारीले अब बाणिज्य बैंकबाट विनाधितो कर्जा पाउने

    कात्तिक २८ काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि। कार्यकारी निर्देशक नागेन्द्र साहले आइतबार हस्ताक्षर गरेका छन् ।

    images

    सम्झौतापश्चात अब निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बिनाधितो पेशाकर्मी सरल कर्जा पाउने छन् । 

    बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा दिनेछ । हाल बैंकको आधार दर पाँच दशमलव ४१ प्रतिशत छ । सम्झौताअनुसार निगमका कर्मचारीको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौतापश्चात दबै पक्ष लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

    images

    कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज बस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका नि। निर्देशक सुष्माकुमारी कर्णलगायतको उपस्थिति  थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।