आइतबार, कार्तिक १६ गते २०८३
images
images

भोलिदेखि लागू हुने गरि आन्तरिक उडानको भाडामा २५० रुपैयाँले वृद्धि

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 256
    SHARES
  • भोलिदेखि लागू हुने गरि आन्तरिक उडानको भाडामा २५० रुपैयाँले वृद्धि

    कात्तिक २८ काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ । वायु सेवा कम्पनीले फ्युज सरचार्ज बढाएपछि भाडा बढेको हो ।

    images

    भोलि सोमवारदेखि लागू हुने नयाँ शूल्कअनुसार धनगढीको भाडा सबैभन्दा धेरै दुई सय २० रुपैयाँले बढेको छ भने सबैभन्दा कम डोटी–साफेबगरको भाडा २० रुपैयाँले बढेको छ ।

    वायु सेवा सञ्चालक सङ्घका अनुसार निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो । बढेको सरचार्ज भोलिदेखि लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लालले जानकारी दिए । 

    images