कात्तिक २९ काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । आइतबार एक हजार २९५ रुपैयाँ कायम भएको थियो ।
.jpg)

