आइतबार, कार्तिक १६ गते २०८३
images
images

मल सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 341
    SHARES
  • मल सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा

    कात्तिक ३० काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् । सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।

    images

    कपिलवस्तुबाट आएका सांसद शाहले मलखाद्य नपाउँदा किसानहरु मारमा परेको जानकारी गराएका थिए । 'मलखाद्य नपाउँदा किसानलाई धेरै नै सास्ती भइरहेको छ । मलखाद्यको व्यवस्था छिटो भन्दा छिटो हुनुपर्‍यो भन्यौं,' शाहले भने, 'उहाँ (प्रम)ले कुरो भइरहेको छ । भारतसहित अरु देशसँग कुरा भइरहेको जानकारी गराउनुभयो ।'  

    नेपालमा मलखाद्यको अभाव र भारतबाट नेपाली किसानले ल्याउँदा भारतीय सुरक्षाकर्मीले दुख दिने गरेको छ । सरकारले भारतसहित बंगलादेशलगायत राष्ट्रबाट मलखाद्य ल्याउन परराष्ट्र र कृषि मन्त्रालयमार्फत पहल अगाडि बढाइरहेको छ ।

    images

    यसअघि सांसद शाहले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । कपिलवस्तुमा अधिकांश परिवार खेतीकिसानीमा आश्रित छ । तर समयमा मल नपाउँदा किसान मारमा छन् ।

    कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका शाहले १४औं महाधिवेशनबारे पनि पार्टी सभापति देउवासँग कुरा भएको बताए ।