आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा गिरावट, यस्तो छ बजार भाउ

एक्सप्रेस पाना
मंसिर १, २०७८ बुधबार
  • 237
    SHARES
  • सुनचाँदीको मूल्यमा गिरावट, यस्तो छ बजार भाउ

    मंसिर १ काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो ।