मंसिर १ काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार २०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यता बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो ।
.jpg)

