मंसिर २ काठमाडौं । नेप्से सूचक यस दिन ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा अडिएको छ । ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
साप्ताहिक कारोबारको अन्तिम दिन आज २२४ कम्पनीको ९८ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । ६० करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र अपर तामाकोशी परेका छन् । सबै समूहका सूचक घटेका छन् ।
.jpg)

