आइतबार, कार्तिक १६ गते २०८३
images
images

बेमौसमी वर्षाले सात हजारभन्दा बढी हेक्टर बालीमा क्षति

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 322
    SHARES
  • बेमौसमी वर्षाले सात हजारभन्दा बढी हेक्टर बालीमा क्षति

    मंसिर २ खोटाङ । खोटाङमा बेमौसमी वर्षा र हावाहुरीले सात हजार ७०० हेक्टरभन्दा बढी जमिनमा लगाइएको बालीमा क्षति पुर्‍याएको छ । गत ३१ असोजदेखि २ कात्तिकसम्म परेको बेमौसमी वर्षा र हावाहुरीले सात हजार ७४६.९६ हेक्टरमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बालीनालीमा क्षति पुग्दा उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन् । 

    images

    बेमौसमी वर्षा तथा हावाहुरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई हजार २५० हेक्टर धानबाली, ३०० हेक्टर कोदो बाली, १० हेक्टर तरकारी, शून्य दशमलब ८० हेक्टर फापर तथा २५ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति गरेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २८ दशमलब ५० हेक्टर धानबाली, १०३ हेक्टर कोदो, सात दशमलब ५० हेक्टर मकै, तीन हेक्टर जुनेलो, एक दशमलब ५० हेक्टर अकबरे खुर्सानी, गहत एक हेक्टर र तरकारीमा शून्य ५० हेक्टरमा क्षति गरेको छ । 

    जन्तेढुंगा गाउँपालिकामा एक हजार ३८४ दशमलब ११ हेक्टर धानबाली, ५२० दशमलब ९५ हेक्टर कोदो बाली, बराहपोखरी गाउँपालिकामा ८० हेक्टर धान बाली, ९० हेक्टर कोदो बाली, खोटेहाङ गाउँपालिकामा ६७९ दशमलब २९ हेक्टर धान बाली, ९७४ दशमलब ३४ हेक्टर कोदो बाली, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४२८ हेक्टर धान बाली र १२७ दशमलब ५० हेक्टर कोदो बालीमामा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    images

    साकेला गाउँपालिकामा २९६ दशमलब २२ हेक्टर धान बाली, एक हेक्टर कोदो बाली, एक हेक्टर तरकारी शून्य दशमलब २५ हेक्टर फापर, रावावेँसी गाउँपालिकामा २७५ हेक्टर धान बाली, ६० हेक्टर कोदो बाली, केपिलासगढी गाउँपालिकामा ९० हेक्टर धान बाली, एक हेक्टर कोदो बाली र ऐँसेलुखर्क गाउँपालिकामा ११ दशमलब ५० हेक्टर धान बालीमा क्षति पुर्‍याएको ज्ञान केन्द्रले जनाएको छ ।