आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन एकैदिन १६०० रुपैयाँले घट्यो, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 503
    SHARES
  • सुन एकैदिन १६०० रुपैयाँले घट्यो, यस्तो छ आजको बजार भाउ

    मंसिर ७ काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकोमा मंगलबार १६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।