आइतबार, कार्तिक १६ गते २०८३
images
images

तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 364
    SHARES
  • तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

    मंसिर ९ काठमाडौं । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ ।  बुधबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो ।

     

    images