आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको भाउ २०० रुपैयाँले बृद्धि

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 331
    SHARES
  • सुनको भाउ २०० रुपैयाँले बृद्धि

    मंसिर १२ काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बृद्धि भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ पुगेको हो । 

    images

    यस्तै, गत शुक्रबारको तुलनामा तेजाबी सुनको मूल्य समेत आइतबार २०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    यता आज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

    images