आइतबार, कार्तिक १६ गते २०८३
images
images

बुकिङ खुल्ला भयो न्यूरोडस्थित महर्जन कम्प्लेक्समा

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 315
    SHARES
  • बुकिङ खुल्ला भयो न्यूरोडस्थित महर्जन कम्प्लेक्समा

    मंसिर १३ काठमाडौं । राजधानीको मुटुमा रहेको न्युरोडको जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । मल्लकालिन बसन्तपुर दरबार स्वाक्वयरको मुखैमा रहेको सो भवन सम्पदामैत्री र न्यूक्लासिकल शैलीमा शहरको सुन्दरता बढाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गरेको युनेस्कोस्थिति काठमाडौं कार्यालयले प्रशंसा समेत गरेको छ ।

    images

    यस व्यवसायिक भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण धकेलिएपछि भवनलाई थप प्रविधियुक्त बनाइएको छ । केही महिना अघिदेखि सो भवनमा परीक्षण तयारीको रुपमा केही पसलहरु सञ्चालनमा आइसकेका छन् ।

    महर्जन बिजनेस एसोसिएट प्रालिका अध्यक्ष कृष्णलाल महर्जन राजधानीको व्यस्त व्यापारिक तथा ऐतिहासिक क्षेत्रमा आफ्नै निजी घर र कोठामा व्यापार गर्ने सबै व्यापारीको चाहना हुने भएकाले आफूले सोही अनुसार व्यापारीलाई आफ्नो क्षमता र बजेट अनुसार भवनभित्रका कोठा खरिद गर्न उहाँ आग्रह गर्नुहुन्छ ।

    images

    कोठा भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालन गर्नको लागि तयारी एवं सजावटको काम धमाधम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कम्प्लेक्समा आफ्नै स्वामित्वमा रहने गरी कोठा खरिद गर्न र इच्छुक व्यवसायीले भाडामा लिएर व्यवसाय शुरु गरिसकेको छ ।

    प्रमुख महर्जन बताउनुहुन्छ ‘यसले देशकै मुटु न्युरोडमा आफ्नो नामको सम्पति होस् भन्ने चाहना राख्नेहरुको इच्छा पूरा गर्नको विदेशमा रहेका नेपालीले पनि त्यही चाहना पूरा गर्न यो कम्प्लेक्समा कोठा खरिद गर्नुभएको छ ।’ ‘पर्यटकीय क्षेत्र मात्र होइन व्यापारिक र प्रशासनिक क्षेत्र भएकाले पनि महर्जन कम्प्लेक्स रहेका स्थान सबैभन्दा उत्तमस्थान र भरपर्दाे भएकाले सबै प्रकारका उपभोक्ताहरु त्यहाँ पुग्ने भएकाले पनि यस क्षेत्रको स्थान विशेषका कारण बहुरुपी आकर्षण छ ।

    उहाँका अनुसार विश्व सम्पदा सूचीमा सूचिकृत भएको बसन्तपुर दरबारसँगै रहेकाले पनि लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा काठमाडौं दरबार स्क्वायरलाई राखेकाले पनि विभिन्न कोणबाट नयाँ आयाम थपिएको छ । कम्प्लेक्समा पाँच दर्जनभन्दा पनि बढी कोठाहरु विभिन्न आकारमा रहेका छन् ।

    आ–आफ्नो बजेट अनुसार ५६ वर्गफिटदेखि पाँचसय वर्गफिटसम्मका कोठाहरु खरिद गर्न सकिने उहाँ बताउनुहुन्छ । अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम सो भवनमा जडान गरिएको छ । कम्प्लेक्सको बीच भागमा प्रशस्त खुला ठाउँ छाडिएकाले चारैतिर भवनले घेरिएको बीच भाग खाली देख्दा काठमाडौंको परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुने उहाँको भनाइ छ ।

    भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको बताउनुहुँदै उहाँले कम्प्लेक्सका प्रत्येक पिलर दुई बाई दुई फिटको बिम प्रयोग गरिएको बताउनुहुन्छ । उहाँले तीन वर्षमै लगानी उठ्ने बताउनुहुँदै न्युरोडको यस भवनमा कोठा खरिद गर्ने व्यवसायीहरुको भाग्य उज्यालो भएको बताउनुभयो ।

    सो भवनको खुल्ला भागमा विश्वविख्यात फुड चेनले रेष्टुरेन्ट राख्नको लागि तयारी थालेको छ । यस्तै, दोश्रो तल्लामा अन्तराष्ट्रिय स्तरको बिलियार्ड खेलको लागि सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको जानकारी समेत दिनुभएको छ । भवनको कौसीबाट काठमाडौं उपत्यकाको चारैतिरका पहाड र हिमाल मात्र होइन पश्चिम दिशामा रहेका दरबार स्क्वायर पनि नजिकै बाट अवलोकन गर्न सकिने भएकाले पनि विदेशी व्यवसायीले पनि व्यवसाय गर्न इच्छा व्यक्त गर्न आइपुगेको बताउनुहुन्छ । उपेश महर्जन