आइतबार, कार्तिक १६ गते २०८३
images
images

विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ 

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 424
    SHARES
  • विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ 

    मंसिर १७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ । 

    images

    युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ९७ पैसा र बिक्री दर १३६ रुपैयाँ २५ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा रहेको छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०५ पैसा र बिक्री दर १३० रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ११ पैसा र बिक्री दर ८५ रुपैयाँ ५४ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा रहेको छ । 

    images

    जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५८ पैसा र बिक्री दर १० रुपैयाँ ६३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएको छ । 

    आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।