आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ७०० ले बढ्यो

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 301
    SHARES
  • सुनको मूल्य तोलामा ७०० ले बढ्यो

    मंसिर १९ काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

    images

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो ।