आइतबार, कार्तिक १६ गते २०८३
images
images

आहा तोरीबोरी

एक्सप्रेस पाना
मंसिर २०, २०७८ सोमबार
  • 565
    SHARES
  • आहा तोरीबोरी

    मंसिर २० चितवन । चितवनका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेका छन् । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ ।

    images

    तोरीका फाँटबाट टलक्क टल्किएको हिमाल र पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी, हिमाल र पहाडलाई देखाएर फोटो खिच्न पनि मानिस सौखिन हुन्छन् ।

    Avatar

    images

    चितवनमा करिब ४६ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये २८ प्रतिशत जमिनमा यो वर्ष तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिन बहादुर पुनले जानकारी दिए ।

    तोरी तेलहन बालीअन्तर्गत पर्छ । ‘तेलहन बालीमा ९० प्रतिशतजति तोरी नै लगाउने गरिन्छ । यसपालि राम्रै क्षेत्रमा तोरी लगाएको पाइन्छ । तेल उत्पादनमा चितवन देशकै मुख्य जिल्लामा पर्छ’, उनले भने ।

    जिल्लामा तोरीलगायत तेलहन बाली करिब १३ हजार हेक्टरमा लगाइएको उनी बताउँछन् । चितवनमा प्रति हेक्टर एक टन तोरी उत्पादन हुने गरेको छ ।न्युज कारखाना 

    Avatar