आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाल टेलिकमका अफरहरु थप परिमार्जित  

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 409
    SHARES
  • नेपाल टेलिकमका अफरहरु थप परिमार्जित  

    काठमाडौँ । नेपाल टेलिकमले समर अफर र सीडीएमए सेवा परिमार्जन सहित उपलब्ध गराउने भएको छ । टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराउने भएको हो । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिँदै आइरहेको बताएको छ । 

    images

    अब आउने थप सुविधाहरुमा  प्रतिदिन रु ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म रु। ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ । लकडाउन अफर अन्तर्गतको “बोनस अन रिचार्ज” अफरलाई भने हटाइएको छ ।