आइतबार, कार्तिक १६ गते २०८३
images
images

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 328
    SHARES
  • देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । देशभरको माृैसम बदली हुनुका साथै , केही स्थानमा भारी वर्षाको सम्भावना  रहेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

    images

    हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। भने, मनसुनी प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाकाले जनाएको छ।

    यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    images

    यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।