आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 356
    SHARES
  • नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण

    माघ ४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जना काेराेना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ६८ हजार २ सय १५ पुगेको छ । २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    images

    त्यस्तै, आज ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १७ हजार ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।