शनिबार, भाद्र २७ गते २०८३
images

चर्चित गायीका मधु क्षेत्रीको अर्को सफलता, 'हाई मेरो जिन्दगी' तीज गीत सार्वजनिक (भिडियो)

एक्सप्रेस पाना
श्रावण २१, २०७८ बिहीबार
  • 1.8K
    SHARES
  • चर्चित गायीका मधु क्षेत्रीको अर्को सफलता, 'हाई मेरो जिन्दगी' तीज गीत सार्वजनिक (भिडियो)

    काठमाडौँ । स्रष्टा स्रजक तथा चर्चित लोक दोहोरी गायीका मधु क्षेत्रीको 'हाई मेरो जीन्दगी' बोलको तीज गीत सार्वजनिक भएको छ । गत वर्षको मौलिक गीत 'सोचेझैँ जीन्दगी रैनछ' को अपार सफलता पछि यो वर्ष साउन २१ गते बिहिबार उक्त गीत सार्वजनिक गरिएको हो । 

    images

    लामो समय नेपाली लोक सांगीतिक क्षेत्रमा क्रियाशील मधुले आफुलाई अब्बल गायीकाको रुपमा चिनाएकी छन् । उनको गीतमा प्रायः प्रत्यक्ष जीवनमा भोगेका सन्दर्भ जोड्ने भएकाले लोकप्रिय बन्दै आएका छन् । उनका दर्जनाँै लोक दोहोरी गीत तथा थुप्रै लाइभ दोहेरी बजारमा छन् । नेपाली मौलिक संस्कृति झल्कने गीत हरेक नेपालीले रुचाउने भएकाले फरक प्रस्तुती बाट समाजको चित्रण गरिएको छ । 

    गीतमा गायीका मधु क्षेत्री र बिक्रम परियारको आवाज छ भने शब्द संगीत करण न्यौपानेको  रहेको छ । प्रकाश भट्टको कोरीयोग्री , रुबिना अधिकारी र बबिन ठकुरीको अभनिय रहेको छ । 'हाई मेरो जीन्दगी' मधु क्षेत्रीको युट्युव च्यानलबाट हेर्न सकिनेछ ।

    हेर्नुहास् भिडियो :

    images