आइतबार, भाद्र २८ गते २०८३
images

किरण गजमेरले हात पारे,  द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि 

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 337
    SHARES
  • किरण गजमेरले हात पारे,  द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि 

    काठमाडौँ । नेपालको चर्चित गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् ।

    images

    हिमालय टेलिभिजनबाट प्रशारित भ्वाइस अफ नेपाल सिजन–३ को शनिबार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई पछि पार्दे किरणले उपाधि जितेका हुन् । अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए। 

    भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका छन्।

    images

    तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए । हिमालय टेलिभिजनबाट ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण शुरु भएको थियो । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए ।
    एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो बिजेता छनोट गरिएको हो । सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए।