शनिबार, भाद्र २७ गते २०८३
images

लोकसेवा आयोगको परीक्षा नरोकिने, कहिले देखी हुँदैछ सञ्चालन 

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 425
    SHARES
  • लोकसेवा आयोगको परीक्षा नरोकिने, कहिले देखी हुँदैछ सञ्चालन 

    काठमाडौँ । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।
    उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए ।

    images

    आयोगले आ.व.२०७६ /०७७ र आ.व. २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।