सोमबार, भाद्र २९ गते २०८३
images

राष्ट्रव्यापी साईकल यात्रामा निस्केका कार्की पुगे झापाको मेची पुल

एक्सप्रेस पाना
फाल्गुण ७, २०७८ शनिबार
  • 651
    SHARES
  • राष्ट्रव्यापी साईकल यात्रामा निस्केका कार्की पुगे झापाको मेची पुल

    फागुन ७ झापा । पर्यटन प्रवर्द्धन एवं लागू औषध सम्बन्धि सचेतना फैलाउनका लागि राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका दोलखा कालिन्चोक गाउँपालिका-३ पोखरेका २२ वर्षीय युवा अभिनय कार्की आज साझ ६ बजे नेपालको पुर्वी सिमाना झापाको काँकडभिट्टाको मेची पुलमा पुगेका छन् ।

    images

    ‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौं’ भन्ने मूल नाराका साथ गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की यतिबेला नेपालको पुर्वी सिमाना झापाको काँकडभिट्टा मेची पुलमा पुगेका हुन् ।

    उनीले गृह जिल्ला दोलखा सदरमुकाम चरिकोट हुँदै , रामेछाप, सिन्धुली, उदयपुर घुर्मी कटारीको बाटो हुँदै ओखलढुंगा, सोलुखुम्बु पुगेर पुन ओखलढुंगा नै फर्किएर खोटाङ दिक्तेल बाट चखेवा भञ्ज्याङ् हुँदै भोजपुर, धनकुटा, संखुवासभा चैनपुर बसन्तपुरको बाटो हुँदै तेह्रथुम म्याङलुङ्ग, औंशी डाडा बजार हुँदै फिदिम पाँचथर, जोरपोखरी, गोपेटार हुँदै काबेली खोला बाट ताप्लेजुङ पुगेर पुन; फर्केर पाँचथर फिदिम । त्यहाँ बाट लालिखर्क पौवा भञ्ज्याङ् हुँदै राँके भञ्ज्याङ्ग हुँदै इलाम प्रवेश गरेका कार्कीले आज फिक्कल बाट कन्याम चिया बगान हुँदै झापा प्रवेश गरेर चारआली बाट साझ ६ बजे काँकडभिट्टा मेची पुलमा आइपुगेको उनले एक्प्रेस पानालाई बाताए ।

    images