आइतबार, भाद्र २८ गते २०८३
images

गर्भावस्थाका नाै महिना, कसरी गर्ने हेरचाह ?

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 434
    SHARES
  • गर्भावस्थाका नाै महिना, कसरी गर्ने हेरचाह ?

    फागुन १९ जुम्ला । गर्भावस्था एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत विशेष ख्याल गर्नु पर्छ भन्दै तिला गाउँपालिकाकाले गर्भवती महिलासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान जीवनशैली र सोच चिन्तन आवश्यक हुने भन्दै गर्भवती महिलासँग उपाअध्यक्ष कार्यक्रममार्फत अन्तरक्रिया कार्यक्रम गरिएको  हो । 

    images

    यो अवस्थामा यतिबेला गर्भवतीले मात्र होइन उनका श्रीमान र परिवारले नै राम्रो वातावरण तय गरिदिनु पर्ने भन्दै गर्भवती र उनीहरूका श्रीमानसँग अन्तरक्रिया गरिएको तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ यौगीले बताए । उनले भने, 'कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने ? के गर्ने ? के नगर्नेजस्ता कुराको बारेमा जानकरी दिनका लागि पालिकाले धेरै महिलामुखी कार्याक्रम ल्याएको बताए । उनले भने, 'गर्भावस्थामा आमाले ध्यान नदिएका कारण धेरै बालबालिकामा कुपोषण देखिने भएकाले कुपोषणमुक्त गाउँपालिका बनाउनका लागि यस्ता खालका कार्यक्रम लागु गरिएको हाे ।'

    त्यस्तै तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले भनिन्, गर्भावस्थामा कुनै पनि भार उठाउन हुँदैन । ताजा र पौष्टिक खानेकुरा सेवन गरौँ । जसका कारण बच्चालाई पूर्ण रुपमा पोषण मिलोस् । स्थानीय स्तरमा उत्पादित सागपात दुध, माछामासु गेडागुडी जस्ता झोलिलो पदार्थ सामेल गरौँ । हामीले पहिलो चरणमा पोषिलो खानेकुरा वितरण गरेका थियौँ । तर, सरकारले सधैँभरि दिएर हुँदैन । महिला आफैँ सचेत हुनुपर्छ ।' 

    images

    स्वास्थ्यकर्मी नेत्रबहादुर खत्रीले दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुपर्ने बताए । गर्भावस्थाको समयमा मदिरा ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा रहन नहुने बताएका उनले चिकित्सककाे सल्लाहविना औषधि सेवन नगर्ने, खानेकुरामा प्रोटिन क्याल्सियम कार्बोहाइड्रेट, ताजा फल खानु पर्ने बताए ।  

    आमाले खानपानमा ध्यान दिएको खण्डमा बच्चाको स्वच्छ हुने उनकाे भनाइ छ । स्वास्थ्यकर्मी खत्रीले गर्भाधारणका लागि महिलाको उमेर २१ वर्ष नाघेपछि राम्राे हुने बताउँछन् ।न्युज कारखाना