शनिबार, भाद्र २७ गते २०८३
images

३२ किलो गाँजासहित दुई जना पक्राउ

एक्सप्रेस पाना
फाल्गुण २५, २०७८ बुधबार
  • 281
    SHARES
  • ३२ किलो गाँजासहित दुई जना पक्राउ

    फागुन २५ खोटाङ । खोटाङमा ३२ किलो अवैध लागूऔषध (गाँजा) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा संकलन गरेर विक्री गर्न लागेको अवस्थामा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई पक्राउ गरेको हो । 

    images

    खोटाङ र उदयपुरको सिमानामा पर्ने दुर्छिमको बतासेघाट नजिकै रहेको सुइटेखोला बगर किनारमा निलो प्लास्टिकको त्रिपालमाथि बोरामा पोका पारेर गाँजा बिक्री गर्न लागिरहेको सूचनाका आधारमा उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

    प्रहरीले खानतलासी गर्दा त्रिपालमाथि राखेको विभिन्न रंगको प्लास्टिकको बोरामा ३२ किलो ४८५ ग्राम गाँजा बरामद गरेको छ । दुई जनालाई कानुन बमोजिम गाँजासहित पक्राउ गरी जिल्ला अदालतबाट लागूऔषध (गाँजा) कसुरमा ६ दिनको म्याद थप अनुमति दिएर हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डिएसपी लम्सालले बताए ।

    images

    उनीहरूले गाउँघरमा उत्पादित गाँजा संकलन गर्दै अन्यत्रका विक्रेतालाई बिक्री गर्नेगरेको प्रहरीले विज्ञाप्तीमार्फत जनाएको छ । गाँजा खरिद गर्ने व्यक्ति पर्खिरहेको अवस्थामा उनीहरूलाई इलाका प्रहरी कार्यालय महादेवस्थान, हलेसीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । गाँजा खरिद गर्न आउने व्यक्ति आउन अगावै उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए ।