प्याक प्याक खान नपाएर
मृत्युको मुखमा छटपटाउँदै गर्दा
आसे पासेलाई भोज खुवाउँदै गर्दा
सिंहदरबार तेरो आगनीमा ।।
दुनियाँका सक्षर सपनाहरु देखेर
दुखी र गरिबिको खिल्ली उडाउँदै
फोहोरी राजनितिको गन्धमा रमाउँदे
नातावाद र कृपावाद गराउँदै
आफ्नै सल्लाह र भल्लाह टिकाउँदै
अझै ठावा बोल्दैछस् सिंहदरबार गरिबका भुडिहरुमाथि
कोरोनाले बनाएको छ ।
त मच्याउँदैछस् सिंहदरबार ववन्डर
खै कसरी आस गर्नु तेरो, तन्त्र फेराउँछस्, मन्त्र फेराउँदैनस्
आस देखाउछस्, गास र बास् देखाउँदैनस्
आफ्ै सिल्ली बन्छस् बिर्सिस होला ?
तेरो प्रत्यक गाँसमा हाम्रो पसिनाको गन्ध छ
तर हाम्रो झुपडीका चुला चौकाहरु अझै बन्ध छ
तेरो मुल ढोका छिरेपछि साधु चोर बन्छ
भित्र शत्रु बन्छ, असल खराब बन्छ
सुपात्र कुपात्र बन्छ ।
सोझो बाङ्गो बन्छ, बाठाहरु टाठिन्छन्
सपनाहरु केवल साचिन्छन्
बज्जतहरु बेचिन्छन्
भ्रष्टाचारीहरु मौलाउँछन्
जन्ता बाध्य हुन्छन् र बौलाउँछन् ।
माफ गर सिंहदरबार
हामी चाहेर पनि तेरो हुन सकेनैं ।
जसरी त नचाहेर भने पनि हाम्रो हुन सकिनस्
तर याद राख सिंहदरबार
जाडो अर्को बर्ष पनि आउँछ ।
एउटा हिउँदले मात्रै जाडो जादैन
झुपडीको साथ खोजेको दिन त एकलै हुँदा
बल्ल थाहाँ पाउनेछस् सिंहदरबार
तलाई कतिन्जेल काँद दिने
हाम्रो झुपडीनै रहेछ भनेर ।।
प्रसिद्धिका पोखरेल


