शनिबार, भाद्र २७ गते २०८३
images

९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
चैत्र २१, २०७८ सोमबार
  • 346
    SHARES
  • ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    चैत २१ काठमाडौं । मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

    images

    मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । 

    पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन् । पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images