आइतबार, कार्तिक १६ गते २०८३
images
images

०७९ सकारात्मकताको वर्ष बनाऔं

एक्सप्रेस पाना
बैशाख १, २०७९ बिहीबार
  • 630
    SHARES
  • ०७९ सकारात्मकताको वर्ष बनाऔं

    वैशाख १ काठमाडौ । आजको दिन ७८ साललाई बिदाई गरि ७९ सालको सुरुवातको दिन सबैको मनमा रहेको नयाँ बर्ष दिन २०७९ सालको सुरुवाती दिन हरेकको लागि बिशेष रुपमा रहने दिन हो । रमाइलोका अवसरको रुपमा नयाँ बर्षलाई लिईन्छ । नयाँ स्थानको घुमघाम तथा नयाँ कार्यको थालनीका रुपका नयाँ वर्षलाई लिने व्यक्तिको जमातमा केही र अहिलेको समयमा बलियो बन्दै गएका केही व्यक्ति जम्मा हुने र जाँड रक्सिलाई रमाईलोको बिषय बनाउने प्रवृत्ति हाबि हुदैछ ।

    images

    नयाँ वर्षको दिनलाई नयाँ विचार र सकारात्मक थालनीको अवसर बनाउन अति नै आवश्यक रहेकोमा गलत प्रवृत्तिको विकास र प्रवद्र्धन आजको समयमा मजबुत बन्नु नराम्रो संकेत हो।

    यस्तो गलत विचार व्यबहारमा उतार्ने समुहमा युवाका रुपका गन्ती गरिएको जमात नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस तर्फ आकर्सित हुदै गर्दा भोलीको समयको स्पष्ट चित्र देखिन्छ।

    images

    आजको र हिजोको दिनमा स्पष्ट रुपमा देखिने फरक केही पनि छैन। हिजोका दिनमा भएका नराम्रा र असफल कामलाई मजबुत बनाउन सबैमा आजको दिनले नयाँ जुझारुपन ल्याउनु अतिआवश्यक रहेकोमा गलत प्रवृत्तिको रक्षणमा धेरै जनमत देखिदा समाज र राष्ट्रको भविष्य बाटो बिराएको बटुवा जस्तो देखिदै छ।

    गत बर्ष गरिएका हरेक नराम्रा काम र व्यबहारलाई सुधार गर्दै सबैको यो बर्ष सफल र फलदायी रहोस् यही शुभकामना रहेको छ।  लेखक: सागर अधिकारी