आइतबार, कार्तिक १६ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौँ

एक्सप्रेस पाना
आषाढ २०, २०७८ आइतबार
  • 287
    SHARES
  • २० असार   
    बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज अदालतमा बुझाएको छ । उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र रु ९२ लाख जरिवाना हुने ठहर भएर फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।     
         
    उनलाई काठमाडौँको बोहोराटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । उनले विसं २०७६ मा विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहँुदै पनि पीडितलाई चेक काटेर दिएका थिए । उनको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३९ग० बमोजिमको कसूरमा दफा १५९१० बमोजिम सजाय हुने फैसला भएको थियो ।     

    images