ईश्वरी प्रशाद भट्ट /अश्राङ गोरखा । म आएको पनि थिइन र आउने पनि थिइन तर नानी बाबुहरूले नारायणहिटि दरवार संग्राहलय हेर्न जाउ भने । उनीहरूकै नेतृत्वमा अन्तै जाने कार्यक्रम हुदा हुदै केटा केटीकै पछि लागे । जादा जाँदै गेटमा “अ काइन्ड अफ चेक” र सामान राख्ने ठाउँ रहेछ । फोन लकर र सामान लकरमा सामान राखेर अघि बढ्नसाथै नेपाली काइ, झ्याउ डेकोरेशनका अस्तिपन्जर देखिन थाले । जिल्लाको नामबाट नामाकरण गरियर राखिएको स्थलहरू पक्कै पछि राखिएको हुनु पर्दछ । सवै घुमेर निस्किएपछि चराले छाडेको गुँड जस्तै लाग्यो । सर सफाइ कतै छैन । कठै विचरा , यो संग्रहालय वनाउदात “एज इट इज” हुनु पर्ने । फोहोरको ढंगुर थुप्रन थालेछन ।
वाहिर बाट हेर्दा नारायणहिटि दरवार तर भित्रै गए पछि त मुसा दरवार भए छ । तर मुसाले पनि त्यस्तो फोहोरमा सिंगारियर वस्दैन होला । माथिका भित्ताहरू त ठीकै छन तर भित्ताका पुछार र विटहरू कंकालमै परिणत भएका छन । बाग बगैचा पनि रूखको माथि ठीकै पलाएका छन तल फेदमा भने केही संरक्षण सिंगार पटार छैन । डेकोरेटेड हुनु पर्दथ्यो । कसैका ॲाखा केहीले आकर्षण गर्दैनन । बिजोग छ अझै भनौ हरी बिजोगछ । यो भन्दात बरू तुलनात्मक रूपमा गोरखा दर्वार संग्राहलय राम्रो छ ।
काठमाडौंको मुटुमा रहेको त्यो पनि नेपालको पूर्व राजाहरूको दर्वार, कठै कठै कठै संरक्षण । को आएर हेर्ने र के हेर्ने? खाट, फर्निचर, कोठा ? संरक्षण प्रमुखकोमा भेट्न गए “बाहिर” लेखियको रहेछ । बाहिर अगाडिको मलको छतमा चिया खादै हुनु हुन्छकी भनेर सिरानको तला सम्म पुगे न उहाँले चीनेको न मैले चिनेको मान्छे धेरै थिए । मैले चिनीन तर उँहालाइ सन्देश भने लेख्न मन लाग्यो । हजुरले ऐतिहाँसिक संरक्षण कसरी कुन अवस्थामा गर्नु पर्छ भन्ने कुरा सिक्न एक पटक विदेस भ्रमण गर्नै पर्छ, चाहे ढुकुटीको केही रकम सकियोस । यहाँ हाकीम वनेर वस्न त लाजै मर्दो छ वा! म भएको भए त्यस्तो अवस्थामा मरे हाकिम हुने थिइन ।
हिड्दै जादा चर्पीको याद आयो । लौ दुइ सयको एक यसर त गर्नै पर्यो भनि बाथरूम तिर लागे । राम राम खत्तम । भित्र पस्नासाथ वाक्क आउने , उठेर बाहेक केही गर्न नसकिने, पानी मात्र नभएको होर बाथरूममा कुनै ट्वाइलेटको वस्ने सिट नै छैन् । पानी फलस ट्यांकिको विर्को नै छैन् । सवैतिर पिसाव सिंचनछ । नट बल्टु सवै कुहिएका छन् । कुनै धाराबाट पानी आएत मार्दिनु । पिसाव फेर्ने प्वालहरू काइ खुच्चिङ पारेका छन् । हे राम पिसाव पनि कसरी फेर्ने? सास रोकिएर वाहिर सम्म आउन पनि गार्हो भयो । बाहिर निस्कदा त हाच्छिउ, नाक पलल । गेट बाहिर छिटो निस्कन मन लाग्यो सडके भुमरीमा ।
मुख्य प्रबन्धकज्यू नमस्कार! यो हरी विजोग वनाएर नारायणहिटि दरवार संग्राहलय राख्नु भएन । राजाकै पालामा प्रत्यक्ष दरवार देखेका मान्छे र त्यस्तै वनाउन सक्ने मान्छेलाइ हाकिम वनाउन पर्यो सरकार! यो काठमाण्डौ र देशकै व्यइजति भयो। यहॅा त यस्तो अनि अन्त कस्तो हुन्छ? यो भेट दुखान्तक वन्यो । यो दर्शन दुखान्तक वन्यो । यो दृष्य परि दृष्य दुखान्तक वन्यो । यी यात्रूका आँखा , यी पर्यटकका आँखा दुखान्तक वने र यो देशको कथा व्यथा नै दुखान्तक वन्यो । यसरी गरीएको संरक्षणलाइ हामी कसरी विज्ञापन गर्न सक्छौ र राज्यले कसरी आर्जन गर्छ? यस भित्र साँच्चै पसेर यसका घोटाला र जागिर भत्ताका कुराहरू हेर्ने हो भने कति विषाक्त अवस्था होला ।
यो राष्ट्रिय निधीलाइ यसरी रद्दीको टोकरीमा राखेर केही सिमीत मान्छेहरूले अर्थोपार्जनको बाटो वनाउनु भएन । यो राष्ट्रिय गौरवलाइ रियल संरक्षण गर्नु पर्यो । यसलाइ त आउ आउ जस्तो, हेरी रहु जस्तो, मान्छेको मन हर्ने मनमोहक वनाउनु पर्छ । के राजाहरूको पालामा पनि हाल वनाइएको सिंह दरवार संग्राहलयको हालत यस्तै थियो ।
यस्तै हेरेर हाम्रा विदेसी पाहुनाहरू फर्कन्थ्य? यहॅा त राजा महाराजा आँउथे । मन्त्रि प्रधान मन्त्री र राजदुतहरू आउँथ्यो, होइन र ? अनि यो विरासदको हालत यहाँ काम गर्ने पियन(सहायक) को भन्दा कम हुने हो? यो कुनै मज्जाक र रमाइलोकोलागि लेखिएको होइन, यहाँको यथार्थता र तितो सत्य हो। संवन्धित क्षत्रको ध्यान जानु नितान्त आवस्यक छ । धन्यबाद!
.jpg)


