आइतबार, भाद्र २८ गते २०८३
images

हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 251
    SHARES
  • हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

    जेठ ९ पर्सा । ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । 

    images

    ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए । 

    images

    वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।  

    उक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

    पक्राउ परेका किशोरमाथि ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  छ ।