शनिबार, भाद्र २७ गते २०८३
images

दश बर्ष पुरानो लुभु मन्टेश्वरी होमको पहिलो दिक्षान्त समारोह

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 498
    SHARES
  • दश बर्ष पुरानो लुभु मन्टेश्वरी होमको पहिलो दिक्षान्त समारोह

    जेठ १६ ललितपुर । आज दशबर्ष अगाडि  अर्थात २०६९ अगाडि  लुभुको महालक्ष्मीस्थान ८ मा स्थापना भएको  लुभु मन्टेश्वरी होमको पहिलो पटक दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ । 

    images

    सो कार्यक्रममा प्रिन्ससिपल दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै अतिथिका रुपमा  लुभु मन्टेश्वरी होमका सल्लाह अनन्त  श्रेष्ठ, बाबुशरण महर्जन, रत्न राज्यलक्ष्मी क्याम्पसका नेवाः विद्यार्थी युनियनका अध्ययक्ष रीदेन महर्जन, संगीतकार इन्द्रमान महर्जन, नेवाः सांगितिक क्षेत्रमा नेवार रक स्टारका नामले चचिर्त  ज्याक महर्जन, गायिका  किशना महर्जन, मचाराजा महर्जन गायिका प्रज्ञा श्रेष्ठ तथा गायिका सबिना मानन्धरले सांगितिक प्रस्तुत गर्नुका साथै युकेजी पास भएका विद्यार्थीहरुले अतिथिहरुले दिक्षित हुनु भएका विद्यार्थीहरूलाई मेडल वितरण गरेर गरिएको थियो । 

    सो मन्टेश्वरी होमका शिक्षक ईश्वरराजथलाले कार्यक्रम सञ्चालन गरिएको थियो भने गायककार, संगीतकार, म्यूजिक टिचर तेजवती जोशी पियोनोको धुनमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै आ—आफ्नो प्रतिभा, कलासमेत प्रस्तुत गरिएको थियो । लुभु मन्टेश्वरी होमका संस्थापक अध्यक्ष सुनकेशरी गोपालीले दिक्षित हुनु भएको  विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरी  कार्यक्रम समापन गरिन्। 

    images

    बालबालिकाका लागि रमणीय वातारणमा सहज सुलर्भ तरिकाले अध्यापन गराइरहेको सो  क्षेत्रको शैक्षिक उनन्वयनका महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

     

  • सम्बन्धित विषय:

  • # शिक्षा