आइतबार, कार्तिक १६ गते २०८३
images
images

थाहा पाउनुहोस् आजको मौसम

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 437
    SHARES
  • थाहा पाउनुहोस् आजको मौसम

    जेठ २० काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। 

    images

    बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images

    राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

  • सम्बन्धित विषय:

  • # मौसम