आइतबार, कार्तिक १६ गते २०८३
images
images

अभिनेत्री कुँवर अपार्टमेन्टमा मृत भेटिइन्

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 340
    SHARES
  • अभिनेत्री कुँवर अपार्टमेन्टमा मृत भेटिइन्

    अभिनेत्री कुँवर बिहीबार राति थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत भेटिएकी हुन् । काठमाडौं प्रहरीकाअनुसार जेनी आफ्नो अपार्टमेन्टभित्र झुन्डिएको अवस्थामा भेटिएकी हुन् । 

    images

    ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।
    पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । आत्महत्याको कारण डिप्रेसन भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

    images

    प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।

    अभिनेत्री कुँवरले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।