शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि निको हुनेको संख्या उच्च

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 235
    SHARES
  • पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि निको हुनेको संख्या उच्च

     थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।

    images


    कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।


    थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

    images


    यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् ।

    पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।