विश्व बालश्रम विरुध्दको दिवसको अवसरमा आज मेलम्ची ७ दुवाचौरमा वडा स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाइएको छ । मेलम्ची नगरपालिका ७ नं. वडा कार्यालयको आयोजना र वडा बाल संजालको सहकार्यमा दिवस मनाइएको हो।
"बालश्रम मुक्त वडा बनाउन विद्यार्थीको भुमिका"विषयक वक्तृत्वकला प्रतियोगितामा १ देखि ५ कक्षा तर्फ साइन मल्ल प्रथम , समीर गिरी दोस्रो , रस्मिता श्रेष्ठ तेस्रो र रोजिना गिरी सान्त्वना त्यस्तै ६-८ मा दिलमाइ तामाङ प्रथम रोसनी तामाङ दोस्रो , रोसन गिरी तेस्रो र नम्रता सुवेदीले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
९-१२ कक्षा तर्फ सन्देस भारती पहिलो, लक्ष्मी श्रेष्ठ दोस्रो, सुकु तामाङ तेस्रो र बिज्ञान भारतीले सान्त्वना स्थान प्राप्त गरेको वडा सदस्य श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सचिव इश्वरीप्रसाद तिमल्सिना , वडा सदस्यहरु, वडा भित्रका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण वडा सचिव इश्वरीप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।कार्यक्रम वडा बाल सन्जालका अध्यक्ष सुकु तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।


