असार १ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार ३९०५ जनाको नमुना परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या ९७ जना रहेका छन् ।
यता सोही समयमा थप १५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै सोही समयमा कुनै पनि ब्यक्तिको कोरोनाको कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

