शनिबार, भाद्र २७ गते २०८३
images

स्ट्रोनोभा फाउन्डेशनको आयोजनामा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि ११ दिने तालिम सुरु

एक्सप्रेस पाना
आषाढ ३, २०७९ शुक्रबार
  • 363
    SHARES
  • स्ट्रोनोभा फाउन्डेशनको आयोजनामा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि ११ दिने तालिम सुरु

    मकवानपुर । एस्ट्रोनोभा फाउन्डेशन नेपालको आयोजनामा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि ११ दिने प्रेरणामुलक तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशका सचिव यमलाल भुसालले सो तालिमको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले उक्त तालिम विज्ञान र प्रविधिको क्षेत्रमा इच्छा राख्ने विद्यार्थीहरुका लागि प्रभावकारी हुने बताउँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि युवा बैज्ञानिकहरुका लागि प्रोत्साहन कार्यक्रम अघि सारेको उल्लेख गरे । विद्यार्थीहरुमा बैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील क्षमताको विकासमा मद्धत पुयाउने उद्देश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको भन्दै यसले विद्यार्थीको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने उनले बताए ।

    त्यस्तै कार्यक्रममा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले विद्यार्थीहरुको बृद्धि विकासमा सहयोग पुर्याउने संस्थाको उद्देश्य रहेको प्रष्ट पारे । ‘आजको विद्यार्थी भोलिको समाधान हुन् । उनीहरुलाई समस्या समाधान गर्ने, पढाइलाई व्यवहारिक सिकाइमा रुपान्तरण गर्दै उनीहरुको सामाजिक, आर्थिक अवस्थालाई माथि उकास्ने हाम्रो लक्ष्य हो । सिकाइको विषयमा शिशु अवस्थादेखि जुनसुकै उमेर समूहका व्यक्ति मात्र नभई सिङ्गो समाज रुपान्तरणको लागि काम गर्ने हाम्रो योजना हो ।’ उनले भने ।

    images

    फाउण्डेशनका अध्यक्ष किसन बास्तोला
    तालिम अवधिभर विद्यार्थीहरुमा सचेतनामुलक/प्रेरणामुलक र सिपमुलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई अभिमुखिकरण गरिने उनले बताए । फाउण्डेशनले आगामी दिनमा विद्यार्थीमा सकारात्मक चिन्तन बढाउन, सिकाइमा रुची बढाइ रचनात्मक बनाउन मद्धत पुग्ने उनले बताए । विद्यार्थीहरुलाई आर्टीफिसिएल इन्टेलिजेन्सको बारेमा जानकारी गराउने, टेलिस्कोपको प्रयोगगरी विभिन्न विषयको अध्ययन गराइने उनले बताए ।

    फाउण्डेशनले फ्यूचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी, एस्टोबेटेक प्रालि र नारायणी कलेजको सहयोगमा सो तालिम आयोजना गरेको हो । तालिममा बारा, पर्सा, रौतहट, मकवानपुर, जनकपुरलगायतका जिल्लाहरुबाट विभिन्न विद्यालयका गणित, विज्ञान र प्रविधिमा रुची भएका २५ जना विद्यार्थी छनौट गरी सहभागि गराइएको छ । ११ दिनसम्म संचालन हुने तालिमलाई भिभिन्न विषयका विशेषज्ञहरुले सहजिकरण गर्नेछन् ।

    No description available.

    उद्घाटन समारोहमा नारायणी कलेजका फाउन्डर दिपक काफ्ले, खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्ष बालकृष्ण चौलागाईँ, क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी, एस्ट्रोबोटक नेपालका अध्यक्ष उपेन्द्र ढुङ्गाना, फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीका अध्यक्ष धिरेन्द्रचन्द सोडारी, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य बलराम पुडासैनीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई राम पण्डितले सहजिकरण गरेका थिए ।