असार ५ काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २०२७ जनाको नमुना परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । सो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ११० रहेको छ ।
यस्तै सोहि समयमा थप १२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

