असार ९ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४९४ जनामा गरिएको कोरोना परिक्षणमा ४९ जनामा पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १६३ पुगेको छ ।
यता सोही समयमा थप १२ जना कोरोना संक्रमित मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

